एसिसी प्रिमियर कप : सेमिफाइनलमा युएईसँग भिड्दै नेपाल

२०८१ बैशाख ७, शुक्रबार

काठमाडौं : ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज (शुक्रबार) नेपाल र युएई भिड्दै छन्। ओमानको अल अमरेत क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल बिहान ११:४५ बजेदेखि सुरु हुनेछ।

समूह ए बाट अपराजित रहँदै नेपाल अन्तिम चारमा पुग्दा समूह बी मा युएई दोस्रो स्थानमा रहेको थियो। नेपालले आफ्नो समूह ए मा मलेसिया, कतार, हङकङ र साउदी अरेबियालाई हराएको हो। युएई समूह चरणमा ओमानसँग मात्र पराजित भएकाे थियो। नेपाल र युएईबीच अहिलेसम्म ९ टी-२० खेल भएका छन्। जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ।

अर्को सेमिफाइनल खेलमा आयोजक टोली ओमानको प्रतिस्पर्धा हङकङसँग हुनेछ। ओमान समूह ‘बी’को विजेता हो भने हङकङ समूह ‘ए’को उपविजेता हो। यो खेल दिउँसो ४:१५ बजे सुरु हुँदैछ। यस प्रतियोगिताको फाइनल जित्ने टोलीले आगामी एसिया कप खेल्न पाउनेछ। गत संस्करणमा नेपाल पहिलो हुँदै एसिया कप खेल्न पाएको थियो। नेपालले पाकिस्तान र भारतका सिनियर क्रिकेट टोलीहरूसँग पहिलो पटक खेल्न पायो।

अहिले यो उपाधि जितेमा फेरि एक पटक नेपालले पाकिस्तान र भारतसँग खेल्न पाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार