इजरायलले इरानविरुद्ध थाल्यो आक्रमण, विस्फोटपछि धेरै उडान ‘डाइभर्ट’

२०८१ बैशाख ७, शुक्रबार

काठमाडौँ : इजरायलले शुक्रबार (आज) इरानका धेरै सहरमा मिसाइल आक्रमण गरेको छ। इरानको आणविक प्लान्टमा पनि मिसाइल खसेको बताइएको छ।

इरानको सरकारी समाचार एजेन्सीका अनुसार इरानको इस्फाहान सहरको एयरपोर्टमा पनि विस्फोटको आवाज सुनिएको छ। यस सहरमा धेरै आणविक प्लान्ट छन्।

इरानको सबैभन्दा ठूलो युरेनियम कार्यक्रम पनि यही ठाउँबाट चलिरहेको छ। विस्फोटपछि धेरै उडानहरू डाइभर्ट गरिएका छन्।

यसअघि इरानले गत शनिबार राति इजरायलमा करिब ३ सय ड्रोन र मिसाइल प्रहार गरेको थियो। जसमध्ये झन्डै ९९ प्रतिशत ड्रोन र मिसाइल बीचमै खसालेको दाबी इजरायलले गरेको थियो।

त्यही आक्रमणको बदला स्वरूप इजरायलले अहिले इरानविरुद्ध प्रहार सुरु गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार