मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

२०८१ बैशाख ७, शुक्रबार

जनकपुरधाम : धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५ वर्षीय रामरतन मण्डल छन्।

पैदल यात्री उनलाई बिहीबार साँझ नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते मण्डलको सिता हस्पिटल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए। ठक्कर दिएर भागेको मोटरसाइकल विदेह नगरपालिकाको वडा नं ६ स्थित झाडीजस्तो ठाउँमा राति ११ बजे फेला परेको उनले बताए। डिएसपी अवाका अनुसार प्रदेश ०२-००७ प २९४३ नम्बरको ठक्कर दिने उक्त मोटरसाइकल विदेह नगरपालिका ६ का ३० वर्षीय रोहित मण्डलले चलाइरहेको र उनी फरार भएका छन्।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार