नबिल बैंकको नाफा ४ अर्ब ६६ करोड, प्रतिसेयर आम्दानी कति ?

२०८१ बैशाख ७, शुक्रबार

काठमाडौं : नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकले गरेको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेर १२ अर्ब ५५ करोड १३ लाख रुपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधि १२ अर्ब १० करोड ११ लाख रुपैयाँ थियो।

बैंकको इम्पेरिमेन्ट चार्ज २.८७ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको उक्त चार्ज ३ अर्ब ३३ करोडबाट घटेर ३ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ। सञ्चालन नाफा १०.७२ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ। बैंकको वितरण योग्य नाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैंकको जगेडा कोषमा २७ अर्ब ७८ करोड रुपैयाँ छ।

बैंकको नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि झिनो अंकले घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ २१ पैसाबाट घटेर २३ रुपैयाँ २४ पैसा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार