युएइविरुद्ध सन्दिप जोराको अर्धशतक

२०८१ बैशाख ७, शुक्रबार

काठमाडौं : ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाली ब्याटर सन्दिप जोराले अर्धशतक बनाएका छन् । युएइविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालको इनिङ धराशायी भइरहेका बेला सन्दिपले सम्हालिएर खेल्दै अर्धशतक बनाएका हुन् ।

सन्दिपले ३९ बलमा ४ चौका र २ छक्का हान्दै अर्धशतक पूरा गरेका हुन् । सन्दिपले अर्धशतक बनाउँदासम्म नेपालको इनिङ निकै खराब छ । नेपालले ६ विकेट गुमाइसकेको छ । अर्धशतक हानेसँगै सन्दिप आउट भए । क्रिजमा गुलशन झा खेलिरहेका छन् । नेपालको स्कोर १४.२ ओभरमा ६ विकेटको क्षतिमा ७९ रन छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार