सात वर्षपछि ‘पहाड’ निर्देशन गर्दै तुलसी घिमिरे, विपिन प्रमुख भूमिकामा

२०८१ बैशाख ७, शुक्रबार

काठमाडौँ : आफ्नो सबैभन्दा सफल सिनेमा ‘दर्पण छायाँ’ को सिक्वेल असफल भएपछि ७ वर्षयता कुनै सिनेमा निर्देशन नगरेका तुलसी घिमिरेले नयाँ सिनेमा निर्देशन गर्ने पक्का भएको छ। उनी ‘पहाड’नामक सिनेमाबाट निर्देशनमा फर्किन लागेका हुन्।

दशैँपछि फ्लोरमा जाने यो सिनेमामा विपिन कार्कीले अभिनय पक्का भएको छ। घिमिरे र कार्कीबीच औपचारिक सम्झौता भने हुन बाँकी छ।

सिनेमाले मानवविहीन बन्दै गएको पहाडी भूगोलको कथा पेस गर्नेछ। सिनेमाका लागि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई अभिनयको प्रस्ताव राखिएको छ ।

पहाडपछि पनि लगातार सिनेमा बनाउने तयारी तुलसीको छ। यसका लागि उनले केही स्क्रिप्ट तयारी अवस्थामा राखिसकेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार