सोमपालले लिए यूएईको पहिलो विकेट

२०८१ बैशाख ७, शुक्रबार

काठमाडौँ : ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार नेपालले दिएको एक सय २० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो पहिलो विकेट गुमाएको छ ।

यूएईको पहिलो विकेट सोमपाल कामीले लिएका हुन् । उनले यूएईका कप्तान मुहम्मद वसिमलाई बोल्ड गरे । पेभेलियन फर्किनुअघि ओपनर ब्याट्सम्यान मुहम्मद वसिमले सात बलमा एक छक्का र एक चौकाको मद्दतले ११ रन बनाएका थिए । दोस्रो ओभरको तेस्रो बलमा उनी आउट हुँदा यूएईले १२ रन बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार