एमालेको कार्यक्रममा प्रचण्ड र देउवा विशेष वक्ता

२०८१ बैशाख ७, शुक्रबार

काठमाडौँ : नेकपा एमालेले नेकपा स्थापना दिवका अवसरमा वैशाख १० हीरक महोत्सव मनाउने भएको छ । महासचिव शङ्कर पोखरेलले हीरक महोत्सवमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष वक्ताका रूपमा आमन्त्रण गरेको जानकारी दिए ।

उक्त कार्यक्रममा नेकपा एमालेको ७५ वर्षको आरोह अवरोह र इतिहास झल्कने भिडियो सामग्री प्रस्तुत गरिने छ । कार्यक्रममा एक जना विशिष्ट व्यक्तित्वलाई विशेष सम्मान ‘गणतन्त्र गौरव’ बाट सम्मान गर्ने एमालेले जनाएको छ ।

उक्त व्यक्तिको नाम १० गते नै सार्वजनिक गर्ने एमालेले जनाएको छ । नेकपा एमालेले २००६ सालमा पार्टी स्थापना भएको मानेर यो वर्ष हीरक महोत्सव मनाउन लागेको हो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार