गुल्मीको विद्युत सब-स्टेसनमा आगलागी,डेढ करोड बढीको क्षति

२०८१ बैशाख ८, शनिबार

गुल्मी : गुल्मीमा जंगलमा लागेको आगो विद्युत सब–स्टेसनमा सल्किंदा डेढ करोड बढीको क्षति भएको छ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर-४ बिरबासस्थितमा रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सब–स्टेसन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरु जलेर नष्ट भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले बताए। जिल्लाका सम्पूर्ण क्षेत्रमा विद्युतस्करण गर्ने लक्ष्यले त्यस स्थानमा तारसहितका सामग्री राखिएको थियो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरु दमकलसहित खटिएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए। पछिल्लो केही दिन यता जिल्लाका विभिन्न स्थानका सामाुदायिक वनमा आगलागीका घटनाहरु बढदै गएका छन्।

मानवीय त्रुटिका कारणले बन जंगलमा आगलागीका घटनाहरु बढदै गएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार