‘सत्ताको च्याँखे दाउमा बसेको नेता’ भन्दै माधव नेपाललाई गोकुल बाँस्कोटाको व्यंग्य

२०८१ बैशाख ८, शनिबार

काठमाडौँ : सत्तारुढ नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालालई ‘सत्ताको च्याँखे दाउमा बसेको नेता’ भन्दै व्यंग्य गरेका छन्।

देशले नेताहरुबाट जनताको समस्या समाधान गर्ने क्षमता र दृढता खोजिरहेको भएपनि माधव नेपालले सत्ताको लागि बार्गेनिङ गरिरहेको भन्दै बाँस्कोटाले सामाजिक सञ्जालमार्फत् नेता नेपालप्रति प्रहार गरेका हुन्। बाँस्कोटाले देशलाई प्रयोगशाला बनाइएको भन्दै असन्तुष्टि जनाएको छ।

‘नेताहरुमा देश र जनताको समस्या समाधान गर्ने क्षमता र दृढता खोजेको तर एउटा च्याँखे दाउमा बसेको नेताले ‘कम्जोर नठान म सँग सत्ता उलटफेर गरिदिने क्षमता छ’ भनेछन्,’ बाँस्कोटाले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो प्रयोगशामा त परीक्षण गर्न के पो बाँकी छ र? धम्कीले काम चलेपछि के लाग्छ र?’

सुदूरपश्चिम प्रदेशमा एमालेको इच्छा विपरित एकीकृत समाजावादीका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री बनेपछि एमालेका नेताहरु एकीकृत समाजावदीसँग रुष्ट छन्।

सुदूरपश्चिममा एकीकृत समाजवादीले एमाले माओवादी गठबन्धलाई छाडेर कांग्रेससँग मिलेर सरकारको नेतृत्व गर्ने तयारी गरेपछि एमाले पनि सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न बाध्य भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार