नेपालका ६ महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने

२०८१ बैशाख ८, शनिबार

काठमाडौं : नेपालका ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दु बर्मा, रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्।

मलेसिया क्रिकेट संघले आयोजना गर्ने उक्त प्रतियोगिता आगामी अप्रिल २४ देखि मे ५ सम्म चल्नेछ। नेपाली महिला क्रिकेटरले कुन टिमबाट खेल्ने भन्ने विषय भने क्यानले खुलाएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार