तामाकोशीमा पौडी खेल्ने क्रममा २ जना बेपत्ता

२०८१ बैशाख ८, शनिबार

दोलखा : दोलखाको गौरीशंकर गाउँपालिका-८ टुयिनटारनजिकै तामाकोशी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् ।

मेलामा गएका २७ वर्षीय जयबहादुर तामाङ र २५ वर्षीय सिमबहादुर तामाङ शुक्रबार दिउँसो तामाकोशीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।पौडी खेल्ने क्रममा दुवै जना नफर्केपछि मेलामा आएकाहरूले प्रहरीलाई खबर गरेका थिए । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार