वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : महामन्त्री थापा

२०८१ बैशाख ८, शनिबार

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन्। शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने ‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताकोअघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज। अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईहरुको बीचमा फेरि जवाफ दिन आउनेछु । मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको।’

उनले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको जिकिर गरे। चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको उनको भनाइ थियो।

‘चुनावको अगाडि गठबन्धन जनतालाई धोका हो। चुनावको अघिको गठबन्धन बेइमानी हो। चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो। चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो। उनले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताए। चुनाव अघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको उनको भनाइ थियो।

इलामबाट नेपालमा चुनावअघिको गठबन्धनको राजनीति भल्दैन भन्ने सन्देश दिन जरुरी रहेको उनले सुनाए। महामन्त्री थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई फोहोर बनाएको उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार