भाइको कुटपिटबाट दाइको मृत्यु

२०८१ बैशाख ८, शनिबार

संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिका–३, एथुम्बुमा गाउँमा भाइको कुटपिटबाट दाजुको मृत्यु भएको छ । एथुम्बुमा ३८ वर्षीय भाइ प्रवीण राईको कुटाइबाट ४१ वर्षीय दाजु सनमान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुले बताए ।

शुक्रबार राति घरायसी विवादमा भाइ प्रवीणले कुटेपछि शारीरिक अपांगता भएका दाजु सनमानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनायो । कुटपिटमा संलग्न प्रवीणलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल संखुवासभामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार