कोलकाताले बैंगलुरुलाई एक रनले हरायो

२०८१ बैशाख ९, आईतवार

कोलकाता : इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औँ खेलमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १ रनले पराजित गरेको छ ।

प्रतियोगितामा बैंगलुरुको यो लगातार सातौँ हार हो ।अन्तिम ओभरमा करन शर्माले तीन छक्का हिर्काउँदै टोलीलाई नाटकीय जित नजिक पुर्‍याए पनि टोलीले अन्तिम दुई बलमा लगातार दुई विकेट गुमाउँदै खेल हार्न पुग्यो । बैंगलुरुका लागि विल ज्याक्स र रजत पटिदारले अर्धशतीकय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । विलले सर्वाधिक ५५ रन बनाए । उनले ३२ बलमा ४ चौका र ५ छक्का हिर्काए । रजतले २३ बलमा ५२ रन बनाए ।दिनेश कार्तिकले २५ रन तथा सुयश प्रभुदेसाईले २४ रनको योगदान दिए । कोलकाताका लागि आन्द्रे रसलले ३ तथा सुनिल नरेन र हर्षित रानाले २–२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २२ रन बनाएको थियो । कोलकाताका लागि कप्तान श्रेयर ऐयरले सर्वाधिक ५० रनको योगदान दिए । उनले ३६ बलमा ७ चौका र १ छक्का हिर्काए । त्यस्तै, ओपनर फिल साल्ट १४ बलमा ४८ रन बनाए । उनले चौका र ३ छक्का प्रहार गरे । यसैगरी आन्द्रे रसलले २७ तथा रिंकु सिंह र रमनदीप सिंहले २४–२४ रन बनाए ।

बैंगलुरुका लागि यश दयाल र क्यामरुन ग्रिनले २–२ विकेट तथा मोहम्मद सिराज र लोकी फर्गुसनले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार