चीनका लागि जासुसी गरेको आरोपमा जर्मनीमा ३ र बेलायतमा २ जना पक्राउ परे

२०८१ बैशाख ११, मंगलवार

काठमाडौँ : बेलायतमा दुई जनालाई चीनका लागि जासुसी गरेको आरोपमा अभियोग लगाइएको छ भने जर्मनीमा तीन जना संदिग्धलाई पक्राउ गरिएको छ।बेलायतको संसद्‌मा एक अनुसन्धानकर्ता र अर्का एक व्यक्तिविरुद्ध चीनका लागि जासुसी गरेको आरोप छ। अनुसन्धानकर्ता २९ वर्षीय क्रिस्टोफर क्यास र ३२ वर्षीय क्रिस्टोफर ब्यारीलाई अफिसियल सेक्रेट एक्टअन्तर्गत मुद्दा दायर गरिएको छ।

बेलायतको चरमपन्थीविरोधी प्रहरीले यी आरोप निकै गम्भीर प्रकृतिका रहेको बताएको छ। यी दुवै जना गत मार्चमा अनुसन्धानका क्रममा पक्राउ परेका थिए। बीसीका अनुसार क्रिस्टोफर क्यास संसदमा अनुसन्धानकर्ता थिए र उनीसँग धेरै कन्जरभेटिभ सांसदसँग सम्बन्धित गोप्य सूचना थिए। यस्तै जर्मन प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जनाएको छ।

मुख्य संदिग्ध थोमस आरलाई चीनको आन्तरिक सुरक्षा मन्त्रालयमा काम गरेको आरोप लगाइएको छ। अभियोजकहरूका अनुसार थोमसले एक फ्रन्ट कम्पनी चलाउँदै थिए जुन जर्मन अनुसन्धान संस्थाहरूसँग मिलेर काम गरिरहेको थियो।

उनले संवेदनशील सूचना संकलन गरेको आरोप छ। यसमा युद्ध जहाजमा प्रयोग गर्न सकिने इन्जिनको डिजाइन पनि समावेश छ। थोमसले यो जानकारी चीनलाई दिएको आरोप छ। जर्मन अभियोजकहरूले थोमस र उनका सहयोगीहरूले सेनाले प्रयोग गर्न सक्ने जानकारी सङ्कलन गरेको आरोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार