स्पाइडर म्यानको चौथो सिरिज आउँदै

२०८१ बैशाख ११, मंगलवार

काठमाडौँ : हलिवुड अभिनेता टम हल्याण्ड चौथो पटक स्पाइडर म्यान बन्ने भएका छन् ।

हालै, पुरानो स्कटल्याण्ड शहर सेन्ट एन्ड्रयूजमा आयोजित‘स्यान्ड्स इन्टरनेशनल फिल्म फेस्टिभल’ मा भाग लिएका अभिनेता हल्याण्डले आफु चौथो पटक स्पाइडर म्यान बन्न लागेको बताएका हुन् ।

उनलाई आगामी ‘स्पाइडर म्यान’ मा देखिने बारे प्रश्न सोधिएको थियो । यस प्रश्नको जवाफमा टम भन्छन्, ‘स्पाइडर म्यान’ को चौथो किस्ताको हिस्सा बन्न लागेको खबर तपाईसँग साझा गर्न पाउँदा म निकै खुसी छु ।

आफ्नो जीवन र करियरको श्रेय ुस्पाइडर म्यानु लाई दिदै हल्याण्डले भने, ुआज म जे छु ुस्पाइडर म्यानु को कारणले हो । मैले जति नाम र ख्याति पाएको छु, यही चरित्रकै कारण हो । यो पहिलो पटक फिल्मको प्रारम्भिक प्रक्रियामा भाग लिएको छु र म धेरै रमाइलो गरिरहेको छु ।

यो अवधिमा मैले पनि धेरै कुरा सिक्ने मौका पाएँ । जे होस्, सबैले मलाई यो फिल्मको हिस्सा बनाउन चाहन्थे र म पनि त्यही चाहन्थे। दर्शकलाई निराश नगर्ने प्रयास गर्नेछौं ।ु

फिल्म ‘स्पाइडर–म्यानस् नो वे होम’ ‘स्पाइडर–म्यान’ सिरिजको तेस्रो फिल्म थियो । जुन सन् २०२१ मा सिनेमाघरमा रिलिज भएको थियो । यस फिल्ममा अभिनेत्री जेन्डायासँग टम हल्याण्ड देखिएका थिए । मिडिया रिपोर्टका अनुसार, ‘स्पाइडर म्यानस् नो वे होम’ ले आफ्नो पहिलो सप्ताहन्तमा २६० मिलियन डलर कमाएको थियो ।

अब यसको चौथो सिरिज आउने भएपछि दर्शकको उत्साह बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार