संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’ गीतको भिडियो….

२०८१ बैशाख ११, मंगलवार

काठमाडाैं : नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ ।

क्यानडामा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रहेकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत र साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ ।

जिन्दगीको यात्रा भरी आफनो प्रेमीलाई सदैव आफ्नो साथमै राख्ने कुरालाई गीत व्यक्त गरिएको छ । आफूलाई जिवनको आधार स्तम्भ बनेको हेर्न गायिकाले चाहना राखेकी छन् । गीतमा प्रेमील जाेडिबिचको भावनात्मक प्रेम प्रंसगलाई समावेश गरिएको छ । गीतमा छायांकन तथा सम्पादन र निर्देशन मिराज अर्यालको रहेको छ ।

यस्ताे छ गीतकाे भिडियाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार