चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता

२०८१ बैशाख ११, मंगलवार

चीन : दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा चार जना बेपत्ता भएको सहरको आपत्कालीन व्ययवस्थापन विभागले बताएको छ ।

चालक दलका ११ सदस्य सवार जहाज जिउजियाङ पुलको घाटमा ठोक्किएर पछि डुबेको थियो । विभागका अनुसार तीमध्ये सात जनाको उद्धार गरिएको छ र चार जना बेपत्ता छन् ।
स्थानीय समयानुसार मङ्गलबार बिहान छ बजेसम्म बेपत्ताहरूको खोजीका लागि तीन सयभन्दा धेरै प्रहरी अधिकारी र सामुद्रिक उद्धार टोली पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

विशेषज्ञहरूले तुरुन्तै पुलको प्रारम्भिक मूल्याङ्कन गरेर मुख्य संरचनामा कुनै स्पष्ट क्षति नभेटिएको जनाएका छन् । नजिकैको जलक्षेत्रमा ट्राफिक नियन्त्रण लागु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार