६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

२०८१ बैशाख ११, मंगलवार

काठमाडौं : मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यलाई सोमबार बिदाई गरेको थियो। मलेसिया क्रिकेट संघका अनुसार यो प्रतियोगिता बुधबारदेखि मे ५ सम्म आयोजना हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार