६६ वर्षीया वृद्धालाई बलात्कार आरोपमा एक जना पक्राउ

२०८१ बैशाख ११, मंगलवार

काठमाडौं : उदयपुरमा ६६ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। लिम्चुङबुङ गाउँपालिका-४ का ५७ वर्षीय श्यामशोर राई पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो। ती वृद्धालाई आइतबार बलात्कार गरी ज्यान मार्ने धम्की दिएको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार