फेवातालमा डुंगा दुर्घटना, पाँच जनाको सकुशल उद्धार

२०८१ बैशाख ११, मंगलवार

काठमाडौं : कास्की जिल्लाको पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेका काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय बिक्रम मिकरानी, २६ वर्षिया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह, ८ वर्षीया रजिना खातुन र करीव डेढ वर्षीया मिरा रानी फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।

दुर्घटना लगत्तै नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा खटिएको विपद् व्यवस्थापन सहितको टोलीले उनीहरुको तत्कालै सकुशल उद्धार गरेको हो । दुर्घटनामा परेकाहरुको अवस्थामा भने सामान्य रहेको छ ।

यसअघि चैत्र २९ र २५ गते पनि फेवातालमा अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिएको थियो । सो दुर्घटनामा परेका एक पुरुष र महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार