श्रम स्वीकृति २ मिनेट ४४ सेकेन्डमा दिइराखेका छौँ : मन्त्री अर्याल

२०८१ बैशाख १३, बिहीबार

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृति २ मिनेट ४४ सेकेण्डमा दिइरहेको बताएका छन्।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जान चाहानेहरुका लागि २ मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति दिइरहेको बताएका हुन्।

उनले श्रम स्वीकृति प्रदान गर्ने कार्य १ घण्टाभित्र हुने गरेको बताएपछि सांसदहरुले एकघण्टामा दिँदा प्रक्रिया नपुर्‍याइ दिइने गरेको हो कि भनि प्रश्न उठाएका थिए।
सांसदहरुले एक घण्टामा श्रम स्वीकृती दिन निकै कम समय भएको भन्दै आवश्यक कागजातहरु अध्ययन गरेर समय लगाएर दिँदा भविष्यमा श्रमिकहरुले दुःख नपाउने धारणा राखेका थिए।

त्यसपछि बोल्दै मन्त्री अर्यालले श्रम स्वीकृति दिने अधिकारीले कागजात पुगे, नपुगेको मात्रै हेरेर स्वीकृत दिने व्यवस्था रहेको भन्दै एक घण्टा पनि नलाग्ने जिकिर गरे। उनले एकघण्टा अधिकतम समय राखिएको भन्दै श्रम स्वीकृति भने २ मिनेट ४४ सेकेण्डमै दिने गरिएको दाबी गरे। सातै प्रदेशबाट श्रम स्वीकृति दिइरहेएको बताए।

उनले भने, ‘सातै प्रदेशबाट श्रम स्वीकृति दिइराखेका छौँ। खासै भन्नुपर्दा एक घण्टा पनि होइन । २ मिनेट ४४ सेकेण्डमा दिइराखेका छौँ हामीले। उहाँहरुलाई एकघण्टा समय दिएर नबिग्रियोस् भनेर हो। २ मिनेट ४४ सेकेण्डमै भइराखेको छ।’

मन्त्री अर्यालले वैदेशिक रोजगारीमा फ्रि भिसा, फ्रि टिकटको कुरा गरिने भएपनि ९६ प्रतिशत श्रमिकले पैसा तिरेर विदेशिने गरेका बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार