दुर्घटनामा मान्छे मारेर फरार स्कारपियो चालक पक्राउ

२०८१ बैशाख १३, बिहीबार

उदयपुर : साता दिनअघि यात्रुको ज्यान जाने गरी ठक्कर दिएर फरार एक स्कारपियो चालक बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहान झिसमिसेमा पैदल यात्रीको मृत्यु हुने गरी ठक्कर दिएर भागेका मोरङको सुन्दर हरैचा नगरपालिका ७ बस्ने ३९ वर्षीय दुर्गाप्रसाद सिग्देललाई प्रहरीले नियन्त्रणमा लिएको हो। वैशाख ७ गते बिहान ४ बजेतिरको समयमा पैदल यात्रामा रहेका त्रियुगा नगरपालिका-९ का २५ वर्षीय बबित सुनुवारलाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो।

उनी मदन भण्डारी लोक मार्गको गाईघाट–कटारी खण्ड अन्तर्गत त्रियुगा नगरपालिका ९ दमारपति पुलनजिकै दनुवार एकाबिहानै गम्भीर घाइते अवस्थामा फेला परेका थिए। बीच सडकमा अचेत अवस्थामा लडिरहेका दनुवारलाई बिहान घुम्न निस्केका स्थानीयले फेला पारी उद्धार गरेर जिल्ला अस्पताल पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषित गरेको थियो।

तर, फरार रहेका सवारी साधन र चालकको खोजी कार्य जारी राखेको प्रहरीले बिहीबार सिग्देललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार दनुवारलाई ठक्कर दिने चालक सिग्देलले मोरङबाट सोलुखुम्बुतर्फ जाँदै गर्दा को १ च ९५१६ नं. को स्कारपियो जीपले ठक्कर दिएको खुलेको छ।

चालक सिग्देललाई प्रहरी हिरासतमा राखेर सवारी दुर्घटना ऐन अनुसार कारबाही गर्नेगरी अनुसन्धान सुरु भएको छ। प्रहरी प्रमुख एसपी रमेश थापाले उनलाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान सुरु भएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार