मलामी गएका ६१ वर्षीय खड्का भेरी नदीमा बेपत्ता

२०८१ बैशाख १३, बिहीबार

काठमाडौं : रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ रानीघाटमा मलामी गएका व्यक्ति भेरी नदीमा बेपत्ता भएपछि खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।

चौरजहारी ९ कोटजहारी बस्ने ६१ वर्षीय नारायण खड्का १२ वैशाखमा मलामी गएको बेला नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ६ जनाको गोताखोर टोली बिहीबार उनको खोजी कार्यको लागि गएको छ ।

आज दिउँसो ३ बजेदेखि खोजी कार्य गरेको थियो । शुक्रबार बिहानैदेखि पुनः खोजी सुरु गर्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार