सुन होस् की सहकारी, निष्पक्ष छानबिन गर्नुपर्छ : प्रकाशशरण महत

२०८० चैत्र ५, सोमबार

काठमाडौं : नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपाली काँग्रेस सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा रहेको बताएका छन् ।

संसद भवन परिसरमा सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कुनैपनि सार्वजनिक जीवनमा रहेका व्यक्तिहरुले कानूनी शासनको पालना गर्न आवश्यक रहेको बताए । उनले जुनसुकै विषयमा सार्वजनिक पदमा जिम्मेवारीमा रहेका व्यक्तिहरुमाथि प्रश्नहरु उठ्यो भने गहिराईमा पुगेर निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए । उनले सुन प्रकरणको बारेमा वा सहकारी हिनामिना प्रकरणबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए ।

उनले भने, ‘हामी सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा छाँै । कुनैपनि सार्वजनिक जीवनमा रहेका जो कोहीले पनि यो जुन मूल्य र मान्यता छ, कानूनी शासनको व्यवस्था जुन छ, त्यो उच्च मर्यादालाई हामी सबैले पालना गर्नुपर्छ । जुनसुकै विषयमा सार्वजनिक पदमा जिम्मेवारीमा रहेका व्यक्तिहरुमाथि प्रश्नहरु उठ्छ, अनुसन्धानले केही समस्या देखाउँछ भनेदेखि त्यसको गहिराईमा पुगेर निष्पक्ष अनुसन्धान हुनुपर्छ । अनुसन्धानले जे निस्कर्ष निकाल्छ, त्यसको स्वीकार सबैले गर्नुपर्छ । हामी के चाहन्छाँै भने जुनसुकै विषयमा अनुसन्धान होस् । चाहे सहकारीको विषय होस्, सुनको विषय होस्, अन्य विषय होस् । जो व्यक्तिहरु सार्वजनिक जीवन वा बाहिर हुनुहुन्छ, उहाँहरुको संलग्नता देखिन्छ भने कानूनको परिधिमा आउनुपर्छ । जसको बारेमा प्रश्न उठ्छ, जुन विषय अनुसन्धानको घेरामा छ । जुन निकायमा रही रहँदा त्यो अनुसन्धानमा सम्झौता हुने अवस्था हुन्छ, त्यसमा प्रश्न स्वभाविक रहन्छ ।’

उनले सार्वजनिक जीवन व्यतित गरिरहेका व्यक्तिहरुमा अनियमितताको प्रश्न उठेको खण्डामा कानूनको दायरामा आउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार