आजबाट नयाँ वर्ष २०८१ सुरु, शुभकामना आदानप्रदान गरी मनाइदै

२०८१ बैशाख १, शनिबार

काठमाडौं : आजबाट विक्रम संवत २०८१आरम्भ भएको छ । आज नयाँ सालको पहिलो दिन वैशाख १ गते नेपालमा नयाँ वर्ष मनाइदैंछ । वर्षको पहिलो दिनका अवसरमा आपसमा शुभभावना, शुभचाहाना सहित देशभर नेपालीहरुले नयाँ वर्ष मनाउँदैछन् ।

विदेशमा रहेका नेपालीहरुले पनि आजको दिन नयाँ वर्षलाई उत्साहपूर्ण ढंगबाट मनाउँदैछन् । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवतमा भएको छ । कलियुग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवन सुरु भएको मानिन्छ । आजका दिन व्यक्तिले पूराना नमिठा पललाई बिर्सिएर नयाँ प्रण गर्ने दिनका रुपमा पनि लिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार