पाँचथर : मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडक खण्ड अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका-७ सल्लेरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाका अनुसार ताप्लेजुङदेखि झापा जाँदै गरेको मे १ ज १९४७ नम्वरको जीप आइतवार बिहान दुर्घटनामा परेको थियो । जीप सडकदेखि ५० मिटर तल झरेको छ ।





