एसपी तिमल्सिना सिन्धुली नगएपछि काफ्लेको काज सरुवा

२०८१ बैशाख २२, शनिबार

काठमाडौँ : जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा एसपी गोविन्दराज काफ्ले जाने भएका छन् ।

यसअघि प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा कार्यरत एसपी अर्जुन प्रसाद तिमिल्सीनालाई पठाउने निर्णय गरिएको थियो । तर, उनले त्यहाँ जान अनिच्छा देखाएपछि काफ्लेलाई पठाउने निर्णय गरिएको हो। प्रहरी महानिरीक्षक वसन्त कुँवरले सिन्धुलीमा काफ्लेको काज सरुवा गरेका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यरत काफ्लेलाई प्रतिष्ठानका डीआईजी उमेश राज जोशीले शुक्रवार बिदाइ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार