काठमाडौँ : कर्णाली प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्नेछन्।
यसअघि सरकारले ल्याएको विनियोजन विधेयक प्रदेश सभाबाट पारित भइसकेको छ।





