अमेरिका पठाउने भन्दै ५४ लाख ठगी गरेको आरोपमा महिला पक्राउ

२०८१ श्रावण २५, शुक्रबार

काठमाडौं : अमेरिका पठाउने भन्दै ५४ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा अर्घाखाँची पाणिनी गाउँपालिका–७ दुविचौरकी २१ लक्ष्मी माझी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको तारकेश्वरबाट बिहीबार पक्राउ गरेको हो ।

उनले अमेरिका पठाइदिने र मासिक २ लाख आम्दानी हुने भन्दै ५४ लाख ७ हजार ८७० रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेकी माझीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार