नेपाल प्रहरीका १८ डिआइजीको सरुवा र पदस्थापन

२०८१ मंसिर २८, शुक्रबार

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका १० डिआइजीको सरुवा र ८ जनाको पदस्थापन गरेका छ । सरुवा तथा पदस्थापनमा चार प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् ।

कोशी प्रदेशमा डिआइजी राजन अधिकारी, लुम्बिनीमा दानबहादुर कार्की, गण्डकीमा भोला बहादुर रावल तथा सुदुरपश्चिममा गणेश चन्दलाई पठाइएको छ । यसअघि कोशीमा चन्द्रकुबेर खापुङ, लुम्बिनीमा कुबेर कडायत, गण्डकीमा दुर्गा सिंह र सुदुरपश्चिममा रबिन्द्र केसी कार्यरत थिए ।त्यस्तै, बिशेष ब्यूरोको प्रमुखमा डिआइजी शिद्धिबिक्रम शाहलाई खटाइएको छ ।

हालै बढुवा भएका डिआइजीले कमाण्ड पाउँदा सिनियर डिआइजी डा.मनोज केसीलाई भने महत्वपूर्ण जिम्मेवारी दिइएको छैन । एक साताअघि मात्र बढुवा भएका रावल र चन्दलाई प्रदेश प्रमुख बनाइएको छ । उनीहरुको जागिर अवधि तीन महिना मात्र बाँकी छ ।

गत १७ मंसिरमा बढुवा भएका ८ जनाको डिआइजीको १० दिनपछि बल्ल पदस्थापन भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल प्रहरी शिक्षालय भरतपुरमा डिआइजीलाई काजमा खटाइनेमा ती निकाय पनि नेतृत्वविहिन छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार