प्रधानमन्त्री ओली आज पोखरा जाँदै

२०८१ फाल्गुन ८, बिहीबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् । उनी पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा भाग लिन पोखरा जान लागेका हुन् ।

पोखरा विश्वविद्यालयका कुलपति समेत रहेका उनले दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विद्यार्थीहरूलाई दीक्षित गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिहान ११ गते पोखरा महानगरपालिका–३० स्थित ढुंगेपाटनमा कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार