हामी पछि हटेका छैनौँ, केपी ओलीलाई गणतन्त्र कति कमजोर रहेछ भन्ने देखाइरहेका छौँ: लिङ्देन

२०८१ चैत्र २६, मंगलवार

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण आन्दोलनलाई दबाउन खोजिरहे त्यसको अवस्था भयावह हुने चेतावनी दिएका छन्। बृहत् खबरदारी सभालाई बल्खुमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आफ्नो प्रदर्शन स्थल सारेकोमा आपत्ति जनाए।

‘भृकुटीमण्डपमा आन्दोलन गर्दा ढल्ने कस्तो गणतन्त्र? हामीले चारतिर छेकेर आन्दोलन गरे के हुन्छ?’ उनले भने, ‘यदि तपाईँहरू नसुध्रिने हो भने हामी बालुवाटारलाई घेरर भात पानी बन्द गर्दिन सक्छौँ।’

सरकारले राप्रपालाई कमजोर नठान्न चेतावनी दिए। सरकार आत्तिएर आफूहरूलाई भृकुटीमण्डमा कार्यक्रम गर्न नदिएको उनको भनाइ छ।

‘बल्खुमा कार्यक्रम गर भन्नुभयो हामीले मान्यौँ, भोलि सिफल भन्नु होला, अहिले त हामी शान्तिपूर्ण कार्यक्रम भएकोले मानेको हो। यसलाई राप्रपा पछि हट्यो नठान्नू, केपी ओली र रमेश लेखक,’ उनले थपे, ‘हामी पछि हटेको होइन। देश दुनियाँले तपाईँको गणतन्त्र कति कमजोर रहेछ देखाउन आएको हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार