सिन्धुलीबाट सम्पर्कविहीन भएका हायु परिवारका सदस्य पोखरामा

२०८२ श्रावण १३, मंगलवार

गण्डकी : सिन्धुलीबाट सम्पर्कविहीन भएका उर्मिला हायुको परिवारका सबै सदस्य पोखरामा भेटिएका छन् ।

पोखरा महानगरपालिका-३० गगनगौँडाका दुई घरमा बसिरहेको अवस्थामा उनीहरू भेटिएका जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए । सम्पर्कविहीन रहेका १६ जनाकै नाम रूजु भएको जनाउँदै उनले उनीहरू सकुशल रहेका बताए ।

उनीहरू सिन्धुलीबाट पोखरा किन र कसरी आए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार