काठमाडौं : दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ ।
लिमिटेडले साउन १५ गतेदेखि साउन १९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुला गरेको आईपीओ आज बाँडफाँट भएको हो ।कम्पनीले २४ लाख २३ हजार १ सय ८५ कित्ता शेयर निष्काशन गरेको थियो। जसमा २२ लाख ९६ हजार ४ सय ६५ जनाबाट २ करोड ६४ लाख ९८ हजार ५ सय ९० कित्ताको लागि आवेदन परेको थियो ।
आवेदन दिनेमध्ये २२ लाख ८३ हजार २ सय २६ जनाको आवेदन योग्य भएको थियो। जसमध्ये २ लाख ४२ हजार ३ सय १२ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। यस्तै, ५ जनाले ११ कित्ता शेयर पाएका छन् ।
आईपीओको नतिजा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, मेरो शेयर सीडीएस एन्ड क्लियरिङले नतिजा हेर्न बनाएको वेबसाइट र कम्पनीको वेबसाइटबाट हेर्न सकिने छ ।





