जेलको सुरक्षामा समस्या भएपछि मलाई पत्र थमाएर पठाइएको हो : लामिछाने

२०८२ कार्तिक २०, बिहीबार

काठमाडौं : भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ ।

बुधबार आयोगको सिंहदरबारस्थित कार्यालयमा झिकाएर उनको बयान लिएको हो । बयानको क्रममा लामिछानेले जेलको सुरक्षाका लागि भन्दै आफूलाई पत्र दिएर निकालेको बताएका छन् । आयोगका एक अधिकारीका अनुसार आफ्नो इच्छाले नभई जेलको सुरक्षामा समस्या भएपछि जेल प्रशासनले नै आग्रह गरेर आफूलाई निकालेको बयान दिएका छन् ।

‘जेलभित्रको वातावरण नै फरक थियो,’ उनले बयानमा भनेका छन्, ‘म चाहेर बाहिर आएको होइन, पत्र दिएर निकालिएको हो ।’ आयोगले उनीसँग साढे पाँच घण्टा बयान लिएको थियो । २४ भदौको आन्दोलनमा सर्वत्र तोडफोड र आगजनीको घटना भएपछि लामिछाने नक्खु कारागारबाट निस्किएका थिए । आन्दोलनकारीहरू कारागारको गेटमा गएर नाराबाजी गरेपछि कारागार प्रशासनले उनलाई निकालेको थियो ।

जेलर सत्यराज जोशीसँग पनि आयोगले बयान लिइसकेको छ । जोशीले लामिछानेको पत्रमा भएको हस्ताक्षर आफ्नै भएको स्वीकार गरेका छन् । तर, भिडको अवस्था रहेकाले पत्रमा रहेको व्यहोरा भने आफूले राम्रोसँग पढ्न नपाएको बताएका छन् । जोशी र लामिछानेको बयान धेरै हदसम्म मिलेको आयोग स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार