धनगढीका बरिष्ठ वन अधिकृतलाई १५ महिना कैद

२०८२ फाल्गुन २७, बुधबार

काठमाडौँ : ७ लाख ३१ हजार घुससहित पक्राउ परेका डिभिजन वन कार्यालय धनगढीका बरिष्ठ वन अधिकृत पूर्णशंकर यादबलाई एक वर्ष तीन महिना कैद सजाय भएको छ।

बिशेष अदालतले उनको घुससम्बन्धि मुद्दामा मंगलबार  फैसला सुनाउँदै दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ५ साउनमा उनलाई पक्राउ गरेको थियो। सोही मुद्दामा  प्रेमसिंह ठगुन्ना र किसुनसिंह राउदलाई एक एक वर्ष कैद सजाय भएको छ। उनीहरुलाई दामासाहीले प्रतिव्यक्ति दुई लाख ४३ हजार ६६६ रुपैयाँ जरिवाना भएको छ।

यादबले ठगुन्ना र साउदसँग घुस लिएका हुन्। उनीहरुकै उजुरीमा अख्तियारले पक्राउ गरेको थियो। तर, बिेशष अदालतमा बयान गर्ने क्रममा घुस नभई लेनदेन भएको भनेर बताएपछि अख्तियारले उनीहरुलाई पनि प्रतिवादी बनाएको हो। जसमा उनीहरु पनि दोषी ठहर भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार