म कम्युनिस्ट मात्र होइन प्रधानमन्त्री पनि हो : प्रधानमन्त्री प्रचण्ड

२०८० जेष्ठ २१, आईतवार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर धार्मिक कार्यक्रममा सहभागी हुनु सांस्कृतिक कूटनीतिको प्रतिक भएको बताएका छन् । 

भारतको चार दिने औपचारिक भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा महाकालेश्वर मन्दिरको धार्मिक कार्यक्रमबारे स्पष्ट पारे ।

उनले भने, ‘महाकालेश्वर मन्दिरमा मुख्य अतिथिले गेरुवस्त्र लगाउनुपर्ने प्रोटोकल रहेछ । मैले लगाउन नमान्ने हो भने भारतका जनताको मनमा चिसो पस्ने भो प्रधानमन्त्रीप्रति । यो एउटा सांस्कृतिक कूटनीतिको रूपमा किन नबुझ्ने ?’

उनले धर्मनिरपेक्षताका नाममा धर्म विरोधी हुन नहुनेसमेत बताए । ‘म मनैदेखि धर्मनिरपेक्षतावादी हो । तर धर्मनिरपेक्ष भनेको धर्म विरोधी हैन नि । सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनैलाई काखापाखा गर्ने हुँदैन’, उनले भने, ‘म कम्युनिस्ट मात्र होइन प्रधानमन्त्री पनि हो । सबैलाई समेट्नुपर्छ, सबै धर्म र समुदायको सम्मान गर्नु हामी सबैको दायित्व हो ।’ 

उज्जैनस्थिल धार्मिक पर्यटकीयस्थलको चर्चा गर्दै उनले नेपालमा पनि धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सरकारले जोड दिएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार