प्रधानमन्त्रीले लिपुलेक सट्टापट्टा गर्ने भन्नु भएको छैन, के को माफी माग्ने ? : प्रमुख सचेतक पाण्डे

२०८० जेष्ठ २१, आईतवार

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेक, कालापानी र लिम्पियाधुरा सट्टापट्टा गर्ने नभनेको स्पष्ट पारेको छ । 

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने,’सट्टापट्टा गर्ने उहाँ (प्रधानमन्त्री)ले भन्नुभएको छैन । बुद्धिजीविबाट यस्तो सुझाव आएको छ भन्नुभएको हो । प्रधानमन्त्रीले के को माफी माग्ने ? माफी माग्नुपर्ने कारण छैन । बेकारको कुरा हो ।’

उनका अनुसार, प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबारे संसदलाई जानकारी दिन तयार छन । ‘भ्रमणबाट आएपछि सदनलाई जानकारी दिन तयार नै हुनुहुन्छ, सत्तापक्ष तयार छ । प्रतिपक्षी पनि तयार हुनुपर्‍यो नि’, उनले भने, ‘सदन रोक्नुपर्ने कारण छैन ।’ 

नागरिकताको विषय अदालतबाट आदेश आएकाले धेरै विवाद गरिराख्नु नपर्ने सत्तापक्षको तर्क छ । प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गरिरहेको छ । विपक्षी दलहरु रास्वपा र राप्रपा पनि प्रक्रिया मिचेर नागरिकता विधेयक पारित गरिएकोमा विरोधमा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार