काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले बढेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले बढेर १ लाख १२ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १४ सय २० रूपैयाँ कायम भएको छ ।





