प्रधानमन्त्री प्रचण्ड आज दाङ जादै

२०८० जेष्ठ ३१, बुधबार

दाङ : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दाङ जान लागेका छन् । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय पाँचौँ दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्नका लागि विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री दाहाल आज दाङ जान लागेका हुन् ।

आज बिहान साढे ११ बजे प्रधानमन्त्री दाहाल दाङ जाने नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रसाद लामिछाने जानकारी दिए ।

१२ वर्षदेखि रोकिँदै आइरहेको नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा विश्वविद्यालयका ५७५ जना विद्यार्थीहरू दीक्षित हुन लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार