मकवानपुरमा साढे ५४ लाखको सुनसहित युवक पक्राउ

२०८० जेष्ठ ३१, बुधबार

काठमाडौं : मकवानपुर-१५ को रातामाटे चोकबाट सुनसहित एक जना युवक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१६ का २२ वर्षीय किशन साहलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट जाँदै गरेको प्रदेश २-०३-००१ख ०१५९ नम्बरको बसमा आज बिहान साढे तीन बजे चेकजाँच गर्दा साहलाई सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

जाँचका क्रममा साहको जुत्ताको नोकभित्र सुन जस्तो देखिने पहेंलो धातु बरामद भएको हो । त्यसको मूल्य ५६१.३० ग्राम अर्थात ५४ लाख ४८ हजार ५४२ रुपैयाँ रहेको बताए ।

डीएसपी कार्कीका अनुसार पक्राउ परेका साहलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि आजै राजस्व अनुसन्धान कार्यालयमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार