यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०८० असार २, शनिबार

काठमाडौँ : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ १९ पैसा र बिक्री दर १४४ रूपैयाँ ८४ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २९ पैसा र बिक्री दर १६८ रूपैयाँ ०६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८८ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार