हिसान मेला विवादमा काठमाडौं महानगरलाई उच्च अदालतले बोलायो

२०८० असार ४, सोमबार

काठमाडौं : काठमाडौं महानगरपालिकाले शैक्षिक मेला रोक लगाएको घटनामा उच्च अदालतले बुधबार दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले ३२ जेठदेखि काठमाडौंको भृकुटीमण्डपमा शैक्षिक मेला आयोजना गरेको थियो । तर काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशन नहुँदै कलेजको विज्ञापन गर्न नपाइने भन्दै मेलामा रोक लगाएको थियो ।

मेला रोक्ने महानगरपालिकाको निर्णयविरुद्ध हिसानले दिएको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले बुधबार दुबै पक्षलाई छलफलमा बोलाएको हो । न्यायाधीश जगदीश घिमिरेको इजलासले अन्तरिम आदेश छलफलका लागि दुबै पक्षलाई छलफलमा बोलाउने आदेश भएको उच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार