घट्यो सुनको मूल्य

२०८० असार ६, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर १ लाख ११ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ कायम भएकोमा आज ५५ रूपैयाँले बढेर १४ सय ८५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार