अमरेशको प्रश्न : रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने, अरुको मुद्दामा वर्षौँ लाग्ने?

२०८० असार ६, बुधबार

काठमाडौं : स्वतन्त्र सांसद डा अमरेश कुमार सिहंले सर्वोच्च अदालतमा विचाराधीन नागरिकता विधेयकको फैसाला तत्काल हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद सिंहले रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने, तर अरुको मुद्दामा वर्षौँ लागेको भन्दै आपत्ति जनाए।

‘हामी अदालतको पनि ध्यान आकृष्ट गर्न चाहन्छौँ। रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने, तर अरुको मुद्दामा वर्षौँ लाग्ने?,’ सांसद सिंहले भने। सांसद सिंहले नागरिकता नपाएकाहरुले गरेको आन्दोलनमा प्रहरी हस्तक्षेपको पनि विरोध गरेका छन्।

‘केही दिनदेखि नागरिकता नपाएका जन्मसिद्धका छोराछोरी माइतीघर मण्डलामा धर्नामा बसेका छन्। अहिले नागरिकता पीडितसँग सरकार न्योयोचित व्यवहार गर्न सकिरहेको छैन,’ सांसद सिंहले भने, ‘हिजो उनीहरूमाथि प्रहरीले जुन व्यवहार गर्‍यो, त्यसको म भर्त्सना गर्छु। कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार