पोखरामा घुम्ती पसल र ठेलामा व्यापार गरे सामान जफत गरिने

२०८० असार ११, सोमबार

पोखरा : पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि निषेधित क्षेत्रमा फलफूल, ठेलागाडा, तरकारी, घुम्ती पसल राखे सामान जफत गर्ने भएको छ।

१३ औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले निषेधित क्षेत्रमा व्यापार गर्नेहरुको सामान जफत गर्ने प्रस्तावसहितको विधेयक प्रस्तुत गरेकी हुन्। चालु आर्थिक वर्षको आर्थिक ऐनमा निषेधित क्षेत्रमा ठेलागाडा व्यापार गरे ५ हजार जरिवाना गर्ने उल्लेख थियो। तर सामान जफत गर्ने व्यवस्था थिएन।

नयाँ आर्थिक विधेयकअनुसार कार्टुन, डोको, मोटरसाइकल, साइकलमा व्यापार गरेको तेस्रो पटक पनि पक्राउ परे सामान जफत हुनेछ।

त्यस्तै, महानगरले भूमिगत तलालाई पार्किङ प्रयोजनविपरीत प्रयोग गर्दा लाग्ने जरिवाना दोब्बर बनाएको छ । चालु वर्षको आर्थिक ऐन अनुसार पार्किङ प्रयोजनविपरीत भूमिगत तला प्रयोग भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख थियो। यसपटक यो रकम बढाएर १० हजार रुपैयाँ बनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार