अवहेलना मुद्दामा मेयर बालेन्द्रसँग सर्वोच्च अदालतले माग्यो लिखित जवाफ

२०८० असार १२, मंगलवार

काठमाडौं : सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध परेको अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ।

मेयर शाहविरुद्ध परेको रिटको मंगलबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद आचार्यको एकल इजलासले लिखित जवाफ माग गरेको हो। मेयर शाहविरुद्ध गत अवहेलनाको निवेदन परेको थियो। शाहविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले अदालतमा निवेदन दिएकी थिइन्।

भारतीय चलचित्र आदीपुरुष विवाद बढ्दै गएपछि मेयर शाहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताएका थिए।

उनले कानुन र अदालतको आदेश नमान्ने भन्दै टिप्पणीसमेत गरेका थिए। सोही टिप्पणीलाई लिएर उनीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार