साहित्यकार दुर्गादेवी नेपालको निधन

२०८० असार १३, बुधबार

काठमाडौं : साहित्यकार दुर्गादेवी नेपालको ८६ वर्षको उमेरमा निधन भएको छ । नई प्रकाशनकी संरक्षक समेत रहेकी नेपालको मंगलबार साँझ निधन भएको नई प्रकाशनले जनाएको छ । नेपालको मंगलबार साँझै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

साहित्यकार नेपालको आत्मकथा ‘बगेको खोला’, र कवितासंग्रह ‘उनैको माया’ प्रकाशित छन् ।

नई प्रकाशनले २०६६ सालमा दुर्गादेवी नेपाल र उनका पति गणेशप्रसाद शर्माको नाममा पुरस्कार स्थापना गरेको थियो । एक लाख रूपैयाँ राशीको ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ नेपालबाहिरका नेपाली भाषा साहित्यका स्रष्टालाई हरेक वर्ष समर्पण गरिंदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार